बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

शुक्रबार, २८ फागुन २०७७, १० : ३८
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मिति टुङ्गो लगाउने तयारी भएको छ ।

त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाएका छन् ।

उपमहासचिव विष्णु पौडेलले शुक्रबार शीर्ष नेताबीच छलफल भएपछि बैठकको टुङ्गो लाग्ने बताए । ‘आज छलफल हुँदैछ । त्यसपछि थाहा होला’, पौडेलको भनाइ छ ।

गत २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएसँगै विकसित राजनीतिक घट्नाक्रमहरुका बारेमा छलफल गर्न एमालेको माधव नेपाल पक्षले अविलम्ब बैठकको माग गरेपनि अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थियो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले ब्युँतिएपछि पनि ओली र नेपाल पक्षका नेताहरुबीच संवाद हुन सकेको छैन । नेपाल पक्षले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी अध्यक्ष ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप