बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेत्रीहरुको अनुहारको रौं हटाउने टिप्स

शुक्रबार, २८ फागुन २०७७, १० : १८
शुक्रबार, २८ फागुन २०७७

बलिउड अभिनेत्रीहरु आफ्नो शरीरको हेरचाह गर्नमा निकै सचेत रहन्छन् । उनीहरु सुन्दरता र फिटनेसको विषयमा सधैँ सजग रहन्छन् । उनीहरु यसका लागि दैनिक योगा, खाना आदि कुरामा ध्यान दिन्छन् । उनीहरु अनुहार तथा छालामा आउने अनावश्यक रौँ हटाउनका लागि विभिन्न उपायहरु अपनाउँछन् । 

यस्ता छन् टिप्स:

रौँ काट्ने
बलिउडका अभिनेत्रीहरु नियमित अनावश्यक रौँहरु काट्ने गर्छन् । शरीरमा अनावश्यक रौँहरु शरीरमा लगाउने कपडाका कारण बढ्ने गर्छन् । मिडिया रिपोर्टका अनुसार दीपिका पादुकोणले आमाले सिकाएको टिप्स पट्याउँदै रौँ फाल्ने गरेको बताइन् । यस्तै, हलिउडकी पप गायिका टेलर स्विफ्टले दैनिक रौँ काट्ने गरेको बताएकी छिन् । 

ब्लीचिङ
एशियाली देशहरुमा यो उपाय निकै प्रचलित छ । मिडिया रिपोर्टका अनुसार करिना कपूरले आफ्ना अनुहारमा भएको अनावश्यक रौँहरुलाई नदेखिने बनाउन यो प्रक्रिया गर्ने गरेको खुलाइन् । 

वाक्सिङ
यो प्रक्रिया रौँ हटाउने प्रभावकारी उपाय हो । यो निकै पीडादायी तरिका पनि हो । यो उपाय हरेक युवतीहरु प्रयोग गर्ने गर्छन् । 

लेजर हेयर रिमुभ
दीपिका पादुकोणदेखि श्रद्धा कपूरसम्म थुप्रै अभिनेत्रीहरुले शरीरका अनावश्यक रौँहरु हटाउन यो विधिहरुको प्रयोग गरेका छन् । 

यस्तै, शरीरका रौँहरु हटाउन बलिउडका अभिनेत्रीहरु एपिलेटर, कपाल हटाउने क्रिम, कपाल हटाउने साबुन, प्लकिङ, एपिले थ्रेडिङ  जस्ता उपायहरु अपनाउने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप