भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पोजेटिभ पाइयो
भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ ।
एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको 'कोभ्याक्सिन' लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।
भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा सबैभन्दा धेरै १४ हजार ३१७ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित बढ्न थालेपछि पञ्जाबको पटियाला जिल्लामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाइट कर्फ्यू लागु गरिएको छ ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
-
कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
-
३ पटक उदघाटन भएर थलिएको ‘आयोजना बैंक’ फेरि कार्यान्वयन गर्ने तयारी
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना