मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर परिसरमा भरत नाट्य नृत्य तस्वीरमा हेरौं

बिहीबार, २७ फागुन २०७७, २२ : ०७
बिहीबार, २७ फागुन २०७७

काठमाडौं । भारतीय राजदूतावासका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले आज साझ भरत नाट्य नृत्यको प्रस्तुति गरेको छ । 

साँझ ६ देखि ७ को बीचमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको तटमा महाशिवरात्रिको अवसरमा भरत नाट्य नृत्यको प्रस्तुत गरिएको हो । 

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको प्रख्यात भरत नाट्य नृत्य अन्तर्गत शिव ताण्डव, नाटेश कौथुभम आदि प्रस्तुति रहेको थियो ।

यस साँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप