शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

घाइतेको हेलिकप्टरबाट उद्धार

बिहीबार, २७ फागुन २०७७, २१ : ०४
बिहीबार, २७ फागुन २०७७

तमान खोला गाउँपालिका–१ मा आज भएको पिकअप जीप दुर्घटनाका गम्भीर घाइते पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको छ ।

घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

 दुर्घटनामा परी जीप चालक तमानखोला–१ का सुशील रसाइली, वडा नं। २ का १२ वर्षीय गोपाल विक, सोही वडाका ३५ वर्षीय दमे विक, २५ वर्षीय किरण विक र कपिल रसाइली घाइते भएका थिए ।

जीपमा सवार गुल्मीका अर्जुन रसाइली भने सकुशल रहेको प्रनाउ हवारीले बताए। उनका अनुसार दुर्घटनामा परी निधन भएकी वडा नं। २ की १४ वर्षीय मीना रसाइलीको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पहिरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जीप सोही वडाको महभीर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।

ट्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना लगत्तै प्रहरी र स्थानीयवासी घाइतको उद्धारमा खटिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप