शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा
![शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा](https://rpcdn.ratopati.com/media/albums/shine_resunga_8j2wRAm5dD.jpg)
बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले थप शाखा विस्तार गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको बैकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो । शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै मेयर विष्ट र अध्यक्ष मल्लले उद्योग,पर्यटन,कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिरको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक शाइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले स्थानीय माग र आवश्यकता अनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसंग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
-
कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश
-
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ : मुख्यमन्त्री कार्की
-
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय