बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी

बिहीबार, २७ फागुन २०७७, १६ : ०३
बिहीबार, २७ फागुन २०७७

काठमाठौं— हरेक मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मनाइँने मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैँछ । 

स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपण गर्नेहरूका बीच खेलकुद प्रतियोगिता, निशुल्क मिर्गौला परीक्षण, अन्र्तक्रिया र अंगदान शिविर सञ्चालन गरेको छ । मिर्गौला प्रत्यारोपित, अंगदाता, चिकित्सक, नर्स, पत्रकार, कलाकार र समाजसेवीबीच भएको फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी भएको छ । 

विजयी टोलीलाई ट्रफी तथा उत्कृष्ट फुटबलरलाई नगद पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा अंग प्रत्यारोपण गर्ने अन्य व्यक्ति सरह स्वास्थ्य र सक्षम हुने मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए । अंगदान गरेको खण्डमा अंगफेल भएका व्यक्ति हत्पत्त ज्यान गुमाउँन नपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप