मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘ओली हटाऊ देश बचाऊ’ भन्ने बाबुराम बालुवाटारमा

बिहीबार, २७ फागुन २०७७, १५ : ३६
बिहीबार, २७ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् ।

डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको ?’

डा. भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् ।

 


 

ट्वीटरमा बाबुरामले उठाएका दुई प्रश्न जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको ओलीप्रतिको आशक्तिप्रति लक्षित रहेको बुझ्न कठिन छैन । तर उक्त ट्वीटको २४ घण्टा पनि बित्न नपाउँदै उनी महन्थ ठाकुरकै साथ लागेर बालुवाटारमा जान लागेका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप