दुर्घटनामा घाइते पत्रकारको सहयोगार्थ देखाइयो फिल्म ‘कालो पोथी’
काठमाडाैं । फिल्म ‘कालो पोथी’को च्यारिटी गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले संघको सदस्य बाबुशिरिष डिसीको उपचारको सहयोगार्थ फिल्म च्यारिटी गरेको हो ।
बुधबार साँझ सिभिल महल सुन्धाराको चलचित्र भवनमा आयोजित च्यारिटीमा कलाकार दीपकराज गिरी, निर्मल शर्मा गैडा, चलचित्र बिकास बोडका अध्यक्ष दयाराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
करिव एकवर्ष अगाडि एक कार्यक्रमको समाचार संकलन गरेर घर फर्किने क्रममा सडक दुर्घटनामा परेका रंगपत्रकार बाबुशिरिषले उक्त दुर्घटनाका कारण एक खुट्टा समेत गुमाएका छन् । अझै उपचारार्थ रहेका डिसीको थप उपचारका लागि आर्थिक समस्या परेको देखेर चलचित्र पत्रकार संघले फिल्म च्यारिटी मार्फत सहयोग जुटाउने प्रयास गरेको हो ।
च्यारिटीबाट उठेको ५ लाख ५८ हजार डिसीका भाइ सुमनलाई दुलाललाई कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
फिल्म ‘कालो पोथी’ मीन बहादुर भामको निर्देशनमा बनेको हो । भाम र उनको टिमले निर्माण गरेको फिल्म च्यारेटीका लागि निःशुल्क उपलब्ध गराइएको थियो ।
देश तथा विदेशका बिभिन्न महोत्सवमा पुरस्कार जित्न सफल फिल्म ‘कालो पोथी’ युद्धको समयमा मुगुका दुई बालक साथी प्रकाश र किरणले व्यहोर्नु परेको कथामा निर्माण भएको छ ।
शुक्रराज रोकाया र खडक राज नेपालीको अभिनय रहेको फिल्मलाई छिरिङरितार शेर्पाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२५ औँ वर्षगाँठमा बार्सालाई धक्का
-
भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनबिच एनपीएलको सुरुवातदेखि सेयर बजारमा अन्योलसम्म
-
विवाह गर्नेलाई बधाई पत्र !
-
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीन जना घाइते
-
कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह