बुटवलस्थित फुडल्याण्डमा आगलागी, डेढ करोडको क्षति

बुटवल–८ मिलनचोकमा रहेको फुडल्याण्डमा आगलागी भएको छ । बुटवल सेन्टरमा पर्ने फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, शुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए ।
मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फुडल्याण्डको मुख्य सडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोका लप्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तला जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फुडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’