सुत्केरी भएको १६ दिनपछि काममा फिर्ता भइन् करिना, सेयर गरिन् तस्बिर

person explore access_timeफागुन २७, २०७७ chat_bubble_outline0

करिना कपुरले हालै दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । उनले गर्भावस्थाको अन्तिमसम्म काम गरेकी थिइन् र अब सुत्केरी भएको १६ दिनपछि उनी काममा फिर्ता भएकी छिन् । उनले आफ्नो वर्क लोकेशनको फोटो सेयर गरेर यसको जानकारी दिएकी छिन् । 

करिनाले आफ्नो मेकअप म्यानको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘आज उनी काममा छन् । यस्तै दोस्रो तस्बिरमा करिनाले मेकअपपछि आफ्नो सेल्फी साझा गरेकी छिन् । यसबाहेक उनले आफू मेकअप चेयरमा बसेको फोटो पनि सेयर गरेकी छिन् ।

महिला दिवसमा साझा गरेकी थिइन् छोराको फोटोः

स्मरण रहोस्, करिना र सैफ अली खानले २१ फेब्रुअरीमा आफ्नो दोस्रो सन्तान जन्मिएको घोषणा गरेका थिए । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सैफले भनेका थिए, ‘दुबै आमा र बच्चा सुरक्षित छन् । तपाईंहरु सबैको प्रेम र बधाईका लागि मनैदेखि धन्यवाद । ’
करिनाले महिला दिवसमा आफ्नो कान्छो छोराको झलक इन्स्टाग्राममा साझा गरेकी थिइन् । 
 

गर्भावस्थामा पनि काम गरिरहिन्ः

 

गर्भावस्थाका बेला पनि करिना निकै सक्रिय देखिएकी थिइन् । उनी विज्ञापन र प्रोमोशनल भिडियोमा व्यस्त थियन् ।  उनले गर्भावस्थामा हुँदा पनि आफ्नो रेडियो शो ह्वाट वुमन वान्ट पनि जारी राखेकी थिइन् । फिल्मको कुरा गर्नुपर्दा करिना, आमिर खानसँग फिल्म लाल सिंह चड्डामा देखिनेछिन् । यो फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुनेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X