महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ परिसरमा जे देखियो (फोटोफिचर)

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको एक महाशिवरात्रि यस वर्ष भोलि बिहिबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छ । केहि बेलुकासम्म आउने छन् ।
हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा महाशिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।
महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि महाशिवरात्रिको तयारी पुरा भएको बताएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण