बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा माधव समूहको छुट्टै भेला

बुधबार, २६ फागुन २०७७, १७ : ५१
बुधबार, २६ फागुन २०७७

काठमाडौं । आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।

बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समुहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।

सर्वोच्च अदालतले साविकको नेकपा(एमाले) पार्टी ब्युँताइदिएपछि माधव–झलनाथ पक्षका नेताहरु एमालेमै समाहित भएका छन् । तत्कालिन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समूहको बलियो उपस्थिति रहेको छ । माधव नेपाल समूहको सो भेलालाई निकै चासोपूर्वक हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप