मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

बुधबार, २६ फागुन २०७७, १६ : ४६
बुधबार, २६ फागुन २०७७

काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । 


वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्यमा माेबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेकाे छ । यसरी बीमा गरेपछि राेजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहाेनेर्छ । म्यानपावर कम्पनी र राेजगारीमा जाने व्यक्तिहरु यस्ताे बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।


बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेकाे वैदेशिक राेजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नाे पासपाेर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेकाे विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिकाे बीमा पाेलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक राेजगारीमा जानेहरूलाई निकै सहज हुने कम्पनीले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप