तीनवटा कम्पनीले आइपिओ ल्याउन बोर्डसँग मागे अनुमति

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्न दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन । मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित मूल्यमै प्राथमिक सेयर जारी गर्नेछ ।
यता जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशनको अनुमति मागेको छ । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ । यस्तै सयपत्री हाइड्रोपावरले पनि स्थानीय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ ।
यी तीनै कम्पनीले एकसय रुपैयाँ सेयर मूल्य राखेर बोर्डसँग अनुमति माग गरेका छन् । मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीलाई बोर्डले अनुमति दिए सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने