आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ओरालोतर्फ

बुधबार, २६ फागुन २०७७, १६ : ००
बुधबार, २६ फागुन २०७७

पछिल्लो समय सेयर बजार ओरालोतर्फ लाग्न खोजकै हो भन्ने प्रश्न कारोबार रकमले छोड्न थालेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ । 
यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । 

घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो  । 
 घलेम्दी हाइड्रोपावरको पनि आज सेयर मूल्य बढेको छ । यसको सेयर ९.९२ प्रतिशतले बढेको हो । यसको सेयर मूल्य १ सय ४४ पुगेको छ । आज नेपाल टेलिकम र पूर्वाधार बैंक (निफ्रा) को कारोबार बढी छ ।
 नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने निफ्राको २० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

बुधबार समग्र सेयर बजार ०.१४ प्रतिशतले घटेर २४५८.३८ बिन्दुमा रोकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप