शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निफ्रालाई चन्द्रागिरिले जित्यो, बजार घटेपनि सेयर मूल्य बढेको बढ्यै

बुधबार, २६ फागुन २०७७, १५ : ५१
बुधबार, २६ फागुन २०७७

केही समय अघिसम्म नेपाल पूर्वाधा। बैंक (निफ्रा) को सेयर मूल्य चन्द्रागिरीको सेयर मूल्य भन्दा बढी थियो । तर आजको दिनसम्म (बुधबार) ठ्याक्कै विपरीत  अवस्था सृजना भएको छ । चन्द्रागिरिको सेयर मूल्य लगातार बढी रहेको छ । बुधबार यसको सेयर मूल्य ८ सय ४ रुपैयाँ प्रतिसेयर पुगेको छ । चन्द्रागिरीको १० कित्ता सेयर हात पार्नेको लगानी अहिले ८ हजार ४० रुपैयाँ पुगेको छ । 

पछिल्लो समय सेयर बजार घटिरहेको र कारोबार रकम समेत खुम्चिरहेको बेला चन्द्रागिरीको सेयरलाई भने कुनै असर परेको देखिदैन । कम्पनीको गत माघ २५ देखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। उसको पहिलो कारोबार प्रति कित्ता १६४ रूपैयाँबाट सुरु भएको थियो ।

यता सुरुवाती दिनमा उच्च आकर्षक छोडेको निफ्राले भने पछिल्लो दिनमा पिकअप लिन सकेको छैन । घट्दो सेयर बजारको प्रभाव यसलाई परेको छ । कुनै बेला ६ सय ६० रुपैयाँसम्म सेयर मूल्य पुगेको निफ्राको सेयर मूल्य बुधबार ५ सय ३१ रुपैयाँ छ । अहिलेसम्मकै ठुलो आइपिओ निष्काशन गरेर आवेदकको हात खाली नगरेको निफ्रा सुस्ताएको छ । निफ्राको पहिलो सेयर कारोबार नै ३ सय ४० रुपैयाँमा भएको थियो । यसको २० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप