भारतद्वारा गोरखामा विद्यालय निर्माण सम्पन्न
भारत सरकारको ४ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा विद्यालय निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्नसँगै हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित सो तीन तल्ले भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहेका छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना गण्डकी प्रदेश मा रहेका छन् । भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा पनि भारतीय दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै