शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

काठमाडौं । हिउँदे अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारितमै सिमित भएको छ । बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए । आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो ।
प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको हो । चैत ३ गते मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
बिम्स्टेक शिखर सम्मेलन : प्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीसंग रेड बुल प्रतिनिधिको भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप