माओवादीले गठन गर्यो चार सदस्यीय कार्यदल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा. बाबुराम भट्टराईसँग वार्ता गरेका थिए । त्यस्तै बुधबारको बैठकमा चैत १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ ।
त्यस्तै बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।
प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पार्टीले निर्णय पछि गर्ने जानकारी दिए ।
त्यस्तै माओवादी केन्द्रले यो संसद अवको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ