शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोपीको ‘काँचो कागज’ फागुन २४ देखि बजारमा

बुधबार, २६ फागुन २०७७, १२ : ३०
बुधबार, २६ फागुन २०७७

लेखक गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ फागुन २४ देखि बजारमा आएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो । 
उपन्यास प्रेम, आशक्ति र अध्यात्मको विषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । यसअघि गोपीका नाटकका चार, कविताका तीन र बालकथाको एक गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् ।
विगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नवीनता पाइन्छ । ४३२ पृष्ठ रहेको उपन्यासको मूल्य ५९५ रुपैयाँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप