शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

सकियो ‘गणपति’को छायाँकन

बुधबार, २६ फागुन २०७७, १२ : २१
बुधबार, २६ फागुन २०७७

काठमाडौंँ । फिल्म ‘गणपति’को छायाँकन सकिएको छ । गत माघ ८ गतेबाट सुरु भएको फिल्मको छायाँकन अहिले सकिएको निर्देशक सविन अधिकारीले जानकारी दिए । छायाँकन सकिए लगतै फिल्मको पोस्ट प्रोडक्सन समेत सुरु भएको अधिकारीको भनाइ छ । 

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको फिल्मको सम्पूर्ण छायाँकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा गरिएको छ । 
मुकुन र मेनुकाका अलवा फिल्ममा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशिल पोखरेल लगायतको अभिनय देख्न सकिन्छ ।
फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान र मानिस बीचको फरकपन देखाउने छ ।

हरिबहादुर घलेको छायाँकन, विक्रम स्वारको नृत्य, अनिश अधिकारीले शब्द तथा संगीत रहेको फिल्म २०२१ भित्र प्रदर्शन लक्ष्य राखिएको छ । गोविन्द शाहीको वितरण रहने फिल्म नेपाल भन्दा पहिले यू.के. र अष्ट्रेलियामा रिलिज हुनेछ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले सुनाए । फिल्ममा अभिनेता भुषाल ‘गणपति’को भूमिकामा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप