बेलायतमा थप २३१ संक्रमितको मृत्यु, ५ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २३१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७ छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५,७६६ जना नयाँ संक्रमित थपिएका छन् । विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा पाँच हजारको हाराहारीमा रहँदै आएको छ ।
थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९९८ पुगेको छ ।
बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४१८ रहेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
दुई करोड ३७ लाख बढी खोप वितरण
आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोना विरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३७ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २५ लाख ९२ हजार ५२८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख ८१ हजार ४३१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?