शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न  छाडे

बुधबार, २६ फागुन २०७७, ०७ : ३२
बुधबार, २६ फागुन २०७७

रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न  छाडेका  छन् ।  अहिले  बाँदर  र  बँदेलकै  कारण  खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर ३ का कृषक खेमराज  न्यौपानेले  बाँदरका  कारण  हिउँदे,  वर्षे  बाली  भित्र्याउन नसकेर समस्या हुने गरेको बताए ।

बाँदर खेद्न प्रत्येक घरबाट एक जना हेरालु (बाँदर धपाउन बस्ने व्यक्ति)को व्यवस्था मिलाएर पहिले खेद्ने गरे पनि अहिले हेरालुको अभावसँगै बाँदरले पनि नटेर्ने गरेको न्यौपानेले बताए ।  हिमाली  क्षेत्रमा  बँदेल  र  तल्लो  क्षेत्रमा  बाँदरले  समस्या पार्ने गरेको छ । जिल्लाको उत्तरगया, कालीका गाउँपालिकामा बाँदर आतङ्क बढ्दै गएको छ । हिउँदमा अन्न भण्डार गरेकै घरमा पुग्ने र वर्षात्मा खेतबारीमा पुगेर सखाप पार्ने गरेपछि खेतीयोग्य जमिन बाँझै हुन थालेको  छ ।  सामुदायिक  वन  संरक्षण  गर्न  थालेपछि  बाँदरको  सङ्ख्या  बढ्दै  गएको  हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप