प्रधानमन्त्री कप महिला भलिबल : एपीएफले जित्यो उपाधि

नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ ।
साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टी.एस. ठकुरीले जानकारी दिए ।
उनका अनुसार एपीएफ र पुलिस तीन÷तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो । दोस्रो भएको पुलिसले रु दुई लाख हात पारेको छ । यसैगरी न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तुलनात्मक रुपमा कमजोर रहेको लुम्बिनी विरुद्ध न्यू डायमण्डले दोस्रो रोजाईंका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले रु एक लाख पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले रु ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजयी टीमलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म