आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चैतमा ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

मङ्गलबार, २५ फागुन २०७७, २० : ३५
मङ्गलबार, २५ फागुन २०७७

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । 

प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ ।

 राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप