शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्राध्यापक श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख

मङ्गलबार, २५ फागुन २०७७, २० : २७
मङ्गलबार, २५ फागुन २०७७

 

प्रसिद्ध वामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएको पारिवारिक श्रोतले जनाएको छ ।

केही समयअघि अचानक मुटुको चाल बन्द भएर बेहास भएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुको अथक प्रयास र सघन उपचारपश्चात प्राध्यापक श्रेष्ठको मुटुको चाल फर्किएको थियो ।

केही दिनअघि मात्रै उनलाई मेडिसिटीबाट बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको छ । हाल त्यहाँ उनको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको छ ।

प्राध्यापक श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेपनि अझै होस भने खुल्न सकेको छैन ।

मृगौलाका समेत रोगी रहेका श्रेष्ठलाई नियमित रुपमा डायलोसिस गर्नुपर्ने हुन्छ । तर गंगालाल हृदयरोग प्रतिष्ठान जस्तो ख्याति प्राप्त सरकारी अस्पतालमा तत्सम्बन्धी सुविधा र मेशिन भने छैन । अस्थायी रुपमा नै सही, प्रधानमन्त्री केपी ओली शर्माको पहलमा अहिले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा थन्काएर राखिएको डायलोसिस मेसिन यतिखेर गंगालाल अस्पतालमा लगिएको छ र सोही मेसिनको सहायतामा यतिखेर प्राध्यापक श्रेष्ठको नियमित डायलोसिस हुने गरेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप