शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले बनायो महाधिवेशन आयोजक समिति

मङ्गलबार, २५ फागुन २०७७, १८ : २१
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको हो ।

आयोजक समितिको सदस्य सचिवमा सचिवालयका प्रमुख, कोषाध्यक्षमा कोषाध्यक्षद्धय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको मंगलबार सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप