बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचनका लागि मतपत्र छाप्न तयार हुन शिक्षा मन्त्रीको निर्देशन

मङ्गलबार, २५ फागुन २०७७, १७ : ३७
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको दिएका हुन्  ।  अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस–मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया,केन्द्रका प्रबन्ध सञ्चालक अनिल झा लगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भने– ‘सबै मेशिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनक शिक्षालाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ । 

निर्वाचन आयोगमा रहेका मेसिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्  । यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो । 

मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिक सत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धित क्षेत्रमा पुर्याउन समेत निर्देशन दिए । मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन्, यो वर्ष यस्तो विषय सुन्न नपरोस् समयमै पाठ्यपुस्तक पुर्याउने विषयमा ध्यान दिनुस् । 

केन्द्रले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ११ सम्म छपाई गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्य १ करोड ४७ लाख १३ हजार ९ सय ९९ थान छपाई पुरा गरेको छ ।  मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवम् सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारी लगायत सबै सरकारी निकायको गोप्य काम छपाई गर्नुपर्ने बताए । नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ । 

उनले आन्तरिक राजश्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तर पुस्तिका,सिसिटिभीसँगको उत्तर पुस्तिका छपाइको अवस्थाबारे जानकारी लिँदै यस्ता महत्वपूर्ण कामलाई तिब्रता दिन आग्रह गरेका छन् ।  कार्यक्रममा शिक्षा सचिव थपलियाले आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने दाबी     गर्दै भने– ‘अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि आगामी आबमा पाठ्यपुस्तक अभाव हुन दिँदैनौ ।’ 

कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘मन्त्रालयले मलाई नियुक्ति गरेको छ, संस्थाको लक्ष्यअनुसार काम अघि बढाउनेछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप