बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बृद्ध र दीर्घ रोगीलाई खोप लगाउँदा उल्झनबारे २२ प्रश्न : डा. अनुप बाँस्तोलाको जवाफ

मङ्गलबार, २५ फागुन २०७७, १६ : ०४
मङ्गलबार, २५ फागुन २०७७


 

काठमाडौं — कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिशिल्ड खोप प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई दिने अभियान चलिरहेको छ । आइतबारबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाएको १० दिनपछि चैत ४ गतेबाट ५५ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कार्यक्रम सञ्चालन हुने छ ।

तर, ज्येष्ठ नागरिक कोरोनाविरुद्धको खोप लगाउन इच्छुक व्यक्ति दोधारमा परेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाले बताए । कोरोनाविरुद्धको खोप लगाउने ज्येष्ठ नागरिक द्विविधासम्बन्धी उठ्ने प्रश्न तथा जिज्ञासा बारे डा. बाँस्तोलाले जवाफ दिएका छन् ।

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न ?

– ढुक्क भएर लगाउन मिल्छ ।

२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ ?

– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।

३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन ?

– लगाउन मिल्छ ।

४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ ?

– सकिन्छ ।

५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?

– मिल्छ ।

६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ ?

– मिल्छ ।

७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ ?

– मिल्छ ।

८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ ?

– मिल्छ ।

९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं ?

– निर्धक्क खोप लगाउने ।

१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ ?

– लगाउने ।

११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?

– मिल्छ ।

१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?

– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौँ ।

१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?

– लगाउन जरुरी छ ।

१४. मैले बाथको दबाई खाइरहेको छु के गरौँ ?

– खोप लगाउने ।

१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब ?

– लगाउनुपर्छ ।

१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?

– खोप लगाउने ।

१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?

– खोप लगाउने ।

१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ ?

– मिल्छ ।

१९. मैले डायलाइस गर्दै छु, के गरौं ?

– खोप लगाउने ।

२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?

– खोप लगाउने ।

२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु ?

– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहमा ।

२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु के मिल्छ ?

– लगाउन मिल्छ ।

टेकु अस्पतालमा खोप लगाउँन पुगेका मध्ये २ सय २४ जना वृद्धवृद्धासँग दीर्घरोगीलाई सोध्दा आएका प्रश्नको उत्तर डाक्टर बाँस्तोलाले दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप