कुमारी घर पुनःनिर्माण हुने

काठमाडौं । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनःनिर्माण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनःनिर्माण हुने भएको हो । मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरेका छन् ।
विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको थियो । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रूपैँया ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनःनिर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए ।
भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डण्डीको प्रयोग नगरिने उनले बताए । डेढ वर्षमा सम्पन्न गरिसक्ने गरी बनाउन लागिएको भवन भुकम्प प्रतिरोधी बनाइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)