ad
केन्द्रीय संस्करण

शाही परिवारकी बुहारी मेगनलाई सिमी ग्रेवालले भनिन् दुष्टात्मा, ट्रोल भएपछि मागिन् माफी

person explore access_timeफागुन २५, २०७७ chat_bubble_outline0

बलिउडकी दिग्गज नायिका सिमी ग्रेवाल बेलायती राज परिवारका राजकुमार ह्यारी र मेगन कर्मेलको चर्चित अन्तरवार्ताले खासै प्रभावित देखिइनन् । ह्यारी र मेगनले आफूहरु रङ्गभेदको शिकार भएको र आत्महत्याको विचार आएको भनेपछि सिमी ग्रेवालले ट्वीटमा उनलाई दुष्टात्मा भनिन् । यद्यपि, उनको ट्वीटका कारण सोसल मिडियामा एउटा भिन्न प्रकारको बहस सुरु भएको छ जसमा सिमी नै ट्रोलिङको शिकार बनिन् ।

ओपरा विनफ्रीलाई राजकुमार ह्यारी र मेगन मर्कलले दिएको अन्तरवार्ताको विषयमा सिमीले सोमबार ट्वीट गरेकी थिइन् तत्पश्चात् उनी नराम्रोसँग ट्रोल भइन् । सिमीले आफ्नो ट्वीटमा लेखिन्, ‘मलाई मेगनले भनेको एउटा कुरामा पनि विश्वास छैन । एउटा शब्द पनि छैन । उनी आफूलाई पीडित देखाउनका लागि झुटो बोलिरहेकी छिन् । उनी सहानुभूति प्राप्त गर्नका लागि रङ्गभेदको कार्ड खेलिरहेकी छिन् । दुष्टात्मा ।’

यद्यपि, कतिले सिमीको यो ट्वीटमा असन्तुष्टि व्यक्त गरेका छन्, कतिले ७३ वर्षकी नायिकालाई घेरेका पनि छन् । केही प्रयोगकर्ताले ‘यस्तो प्रतिष्ठित परिवारलाई कुनै प्रमाण बिना नै कसरी प्रश्न उठाउन सक्नुहुन्छ ?’ भनेर उल्टै उनलाई प्रश्न सोधेका छन् । कतिले भने उनको खिल्ली उडाउँदै सिमी मेगनको राजसी जीवनसँग जलिरहेकी छिन् भनिरहेका छन् ।

सिमीले राजपरिवारप्रति आफ्नो विचार सोसल मिडियामा साझा गरेको यो पहिलो घटना भने होइन । यसअघि जब राजकुमार ह्यारी र मेगनले राजपरिवारबाट निस्कने कुरा गरेका थिए तब सिमीले ट्वीट गरेकी थिइन्, ‘इतिहास दोहोरिन्छ । ड्युक अफ विन्डसरले सम्बन्धविच्छेद भएकी अमेरिकी नागरिक वालिससँग विवाह गरेका थिए । सिंहासन र शाही परिवार छोडेर उनले आफ्नो जीवनको अन्त्यसम्म नै निर्वासित जीवन बिताए । उनी पूर्ण रुपमा विक्षिप्त एक उदास व्यक्ति थिए । र ती महिलाले उनलाई अन्त्यसम्म नै दबाएर राखिन् । ’

मंगलबार सिमीले यसबारे अर्को एउटा ट्वीट गर्दै लेखिन्, ‘म आफ्नो ट्वीटबाट दुष्टात्मा शब्द फिर्ता लिँदैछु । यो अलि अति भयो जस्तो छ । क्यालकुलेटिङ सायद बढी उचित शब्द हुन्थ्यो ।’

स्मरण रहोस्, मेगन मर्कल र राजकुमार ह्यारी सन् २०१७ मा नोभेम्बर २७ मा विवाह बन्धनमा बाँधिएका थिए ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.