शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुद्दा दायर गर्दै कोमल ओलीले भनिन्ः ‘उहाँका शब्द क्षम्य हुने खालका छैनन्’

मङ्गलबार, २५ फागुन २०७७, १२ : ५९
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर गरेकी छिन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर गरेका हुन् ।

नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताइन् । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उनको भनाई छ ।

उनले भनिन्– उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप