शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अगामी रणनीति तय गर्न जसपा संसदीय दलको बैठक बस्दै

मङ्गलबार, २५ फागुन २०७७, १२ : ४७
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल बनाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आज संसदीय दलको बेठक बस्दैछ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । पार्टी एकीकरण भएपछि यो पहिलो बैठक हो । गत वैशाख १० गते यो समाजवादी र राजपा मिलेर जसपा नेपाल बनेको थियो । त्यस यता बैठक नै बसेको थिएन ।

पार्टी एकीकरण भएपनि दुई संसदीय दलको बीचमा एकीकरण नभएको कारणले बैठकमा विलम्ब भएको नेताहरु बताउँछन् । बीचमा कोरोना महामारी थियो भने प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन पनि चलिरहेको थियो । अन्य नेताहरुले भने समायोजन नहुँदा बैठक बस्नेमा समस्या भएको बताउँदै आएका छन् । बैठकको अध्यक्षता कसले गर्ने, बैठक कसले बोलाउने, कसको भूमिका के हुने जस्ता विषयको समस्याले गर्दा बैठक सरिरहेको थियो ।

फागुन २३ गतेदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसदको बैठक पेचिलो हुँदै गएपछि जसपा नेपालले त्यसबारेमा रणनीति बनाउन दलको बैठक बोलाएको हो । नेकपा विभाजित भएपछि ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसमा जसपा नेपालको के भूमिका हुन्छ लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने, ‘संसदीय दलको विधान, संसदको बैठक, संसदीय दलको समायोजन लगायतको विषयमा छलफल हुन्छ जस्तो लाग्छ ।’ तर बैठकको एजेन्डाबारे हालसम्म केही नखुलाएको बताए । उनले भने, ‘बैठकका लागि जानकारी मात्र आएको छ तर के विषयमा छलफल हुने कुनै कुराको जानकारी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप