शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख मृत्यु प्रकरणः आमा र छोराको शव भेटियो, एकजना अझै वेपत्ता

मङ्गलबार, २५ फागुन २०७७, १२ : ४०
मङ्गलबार, २५ फागुन २०७७

सुर्खेत । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३  निमायलकी सुकी बडुवालको शव भेटिएको छ।  

मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।  

सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना  र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको दैलेखका डिएसपी  प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अझै अज्ञात  छ । उनको खोजी कार्य जारी छ,’ उनले भने  । 

आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार वेपत्ता सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् । 

उपप्रमुख बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् । 

घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्त कुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप