शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैलेख मृत्यु प्रकरणः एकै घरका आमासहित पाँच जना वेपत्ता, दुईको शव भेटियो

मङ्गलबार, २५ फागुन २०७७, १२ : २९
मङ्गलबार, २५ फागुन २०७७

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा दुईवटा शव भेटियो । 

सोमबार भेटिएको उक्त शवहरु दैलेखको आठबीस नगरपालिका-३ निमाइलका एकै घरका दिदीबहिनी १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको भएको प्रहरी अनुसन्धानमा  पुष्टि भएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठका अनुसार थप अनुसन्धानका क्रममा सोही घरका अन्य ३ जनाको अवस्था समेत अज्ञात रहेको खुल्यो । 

शव भेटिएका किशोरीहरुकी आमा ३५ वर्षीया सुकु बडुवाल, उनकी पाँच वर्षीया अर्की छोरी रजनी बडुवाल र आठ वर्षीय छोरा ललित बडुवाल अझै वेपत्ता छन् । 

डिएसपी श्रेष्ठका अनुसार पोष्टमार्टनका लागि पठाइएको र अन्य वेपत्ताको कर्णाली नदीमा गोताखोर टोली र अछाम प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आमाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने खुल्न आएको छ । 

सोमबार नै इलाका प्रहरी कार्यालय राकमले उनका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । 

आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार वेपत्ता सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् । 

उपप्रमुख बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप