नोबेलमा सुरु भयो खेलकुद उत्सव
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुले स्पोर्टस फियस्टा अर्थात् खेलकुद उत्सव सुरु गरेका हुन् ।
एक सातासम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुनेछन् । नोबेलमा हरेक वर्ष विद्यार्थीहरुले एक सातासम्म विभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् ।
उत्सव समापनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव १६ सय विद्यार्थी अध्ययनरत छन् ।
स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुकका विद्यार्थी पनि नोबेलमा आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा