शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ १८ भदौमा

मङ्गलबार, २५ फागुन २०७७, १० : ३७
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् ।

अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । आशिष अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

फिल्मका प्रस्तुतकर्ता सुनिल कुमार थापा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप