यो राजनीतिक निर्णयको अर्थ ज्यादै गम्भीर छ, सबै सचेत होऔंः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेता श्रेष्ठले दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भिर रहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं ।’
सर्वोच्च अदालतले फागुन २३ गते केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपा नामको पक्षमा फैसला गरेको थियो । सर्वोच्चको यो फैसलासँगै पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक