बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो राजनीतिक निर्णयको अर्थ ज्यादै गम्भीर छ, सबै सचेत होऔंः नारायणकाजी श्रेष्ठ

सोमबार, २४ फागुन २०७७, २३ : ०१
सोमबार, २४ फागुन २०७७

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेता श्रेष्ठले दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भिर रहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं ।’

सर्वोच्च अदालतले फागुन २३ गते केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपा नामको पक्षमा फैसला गरेको थियो । सर्वोच्चको यो फैसलासँगै पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप