युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
सोमबार, २४ फागुन २०७७, २२ : ४०

एजेन्सी । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिइन् ।
खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताइन् । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येका खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ ।
युरोपेली संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए । युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार
-
२०८१ सालका यी हुन् उत्कृष्ट ५ फिल्मी गीत, कसको कति भ्युज ?