नेकपाको हैसियतमा अन्तिम बैठकः नारायणकाजी श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतले ओली प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज गरेपछि सोमबार नेकपाको हैसियतमा अन्तिम बैठक बसेको छ । प्रचण्ड माधव पक्षका नेताहरुको सोमबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यन्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ’ नेता श्रेष्ठको भनाई छ । उनले भने, ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।
नेता श्रेष्ठले बैठकमा २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने छलफल भएको भन्दै पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको बताए। साथै सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने श्रेष्ठको भनाइ छ ।
त्यस्तै एमाले र माओवादी गरी फरक फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको र त्यो माओवादीका हैसियतमा बस्ने बैठकले निर्णय गर्ने पनि निश्कर्ष निकालेको छ । नेता श्रेष्ठले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता ल्याउने बारेमा आ–आफ्नै ढंगले निर्णय गर्ने बताए । त्यस्तै सर्वोच्चको फैसला आफैंपनि चुनौतिपूर्ण छ र व्यवहारमा कठिन भएको बैठकले निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक