शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको हैसियतमा अन्तिम बैठकः नारायणकाजी श्रेष्ठ

सोमबार, २४ फागुन २०७७, २० : ०३
सोमबार, २४ फागुन २०७७

काठमाडौं । सर्वोच्च अदालतले ओली प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज गरेपछि सोमबार नेकपाको हैसियतमा अन्तिम बैठक बसेको छ ।  प्रचण्ड माधव पक्षका नेताहरुको सोमबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यन्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ’ नेता श्रेष्ठको भनाई छ । उनले भने, ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।

नेता श्रेष्ठले बैठकमा २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने छलफल भएको भन्दै पार्टी एकता सही भएको समीक्षा गरिएको र नेपालका कम्युनिष्ट एकतालाई जारी राखिएको बताए।  साथै सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा जाने श्रेष्ठको भनाइ छ ।

त्यस्तै एमाले र माओवादी गरी फरक फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको र त्यो माओवादीका हैसियतमा बस्ने बैठकले निर्णय गर्ने पनि निश्कर्ष निकालेको छ  । नेता श्रेष्ठले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता ल्याउने बारेमा आ–आफ्नै ढंगले निर्णय गर्ने बताए । त्यस्तै  सर्वोच्चको फैसला आफैंपनि चुनौतिपूर्ण छ र व्यवहारमा कठिन भएको बैठकले निष्कर्ष निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप