शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

सोमबार, २४ फागुन २०७७, १९ : ५०
सोमबार, २४ फागुन २०७७

काठमाडौं । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् ।

 बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए । आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गरेर अघि बढ्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप