शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फरदीन खानः कुनै बेला चार्मिङ लुकका कारण दर्शकको मनमा गर्दथे राज, एक गल्तीले आफै बर्बाद गरिदिए आफ्नो करियर

सोमबार, २४ फागुन २०७७, १७ : ०५
सोमबार, २४ फागुन २०७७

बलिउड नायक फरदीन खान आजकाल फिल्मी चकाचौंधबाट टाढा छन् तर एक समय यस्तो थियो जब उनले बलिउडमा स्टाइलिस हिरोको रुपमा एन्ट्री लिएका थिए । ८ मार्चमा फरदीन आफ्नो ४७ औं जन्मदिन बनाइरहेका छन् । फरदीन चर्चित अभिनेता फिरोज खानका छोरा हुन् । एक स्टारकिड हुनुको फाइदा उनले पनि पाए । उनका पिताले उनलाई बलिउडमा लञ्च गरे । यद्यपि, फरदीनले त्यो सफलता पाउन सकेनन् ।

केही समय अघि फरदीन खान सार्वजनिक रुपमा देखिँदा उनको तौल निकै बढेको थियो र उनको त्यो चार्म पनि गायब देखियो । मोटोपनाका कारण फरदीनको अत्यधिक मजाक पनि उडाइएको थियो । यद्यपि, एक समय यस्तो पनि थियो जब फरदीनको गुड लुकको चर्चा चारैतिर थियो ।

पछिल्लो समय फरदीन खान एकपटक पुनः लाइमलाइटमा आए । यसपटक लाइमलाइटमा आउनुको कारण उनको ट्रान्सफर्मेशन लुक रह्यो । उनलाई कास्टिङ डायरेक्टर मुकेश छाबडाको मुम्बई अफिस बाहिर देखियो । यतिबेला उनको लुक निकै फेरिएको थियो ।

९० को दशकमा फरदीन खानले फिल्म ‘प्रेम अगन’ बाट सुपरहिट डेब्यू गरेका थिए । पहिलो फिल्मका लागि फरदीनलाई फिल्मफेयरको बेस्ट डेब्यू अवार्ड दिइयो र उनको अभिनयको पनि प्रशंसा गरियो । त्यसपछि उनले थुप्रै फिल्ममा काम गरे जसमा ‘लव के लिए कुछ भी करेगा’, ‘ओम जय जगदीश’, ‘हे बेबी’, ‘जानशीं’ र ‘अल द बेस्ट’ जस्ता फिल्म समावेश छन् ।

फरदीन खानको लञ्चिङ फिल्म पनि निकै राम्रो भएको थियो । उनको चार्मिङ लुकले मानिसहरुको मनमा भिन्न स्थान ओगटेको थियो । सन् २००१ मा फरदीन ड्रग्स केसमा फसेका थिए । त्यसपछि उनको करियर बर्बाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप