बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले नेपाल ल्यायो ग्यालेक्सी ए१२

सोमबार, २४ फागुन २०७७, १५ : ५७
सोमबार, २४ फागुन २०७७

स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ ।  ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् । 

‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरू र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोन मार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी ए सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ’, सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए । 

कालो, नीलो तथा रातो रंगहरुमा उपलब्ध  फोनको मूल्य  ४जीबी र्याम र ६४ जीबीको मूल्य १८,९९९ तथा ४ जीबी र्याम र १२८ जिबीको मूल्य  १९,९९९ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप