हामी पनि के कम ?
श्रीमान्लाई बोकेर यसरी दौडिए श्रीमती, तस्विरमा हेर्नुहोस्
सोमबार, २४ फागुन २०७७, १५ : २३
नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो । उक्त दौड एक सय मिटरको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
-
मधेस प्रदेशमा जसपा नेपाल निर्णायकः कांग्रेस–एमाले गठबन्धन भत्किने प्रतीक्षा
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– हाम्रो प्राथमिकता सरकारमा जाने छैन
-
करातेका बाबु छोरा सम्मानित
-
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण