साउदी अरबमा हमलापछि कच्चा तेलको मूल्य ७० डलर पार
साउदी अरबको तेल प्रतिष्ठानमाथि कथित हमलाको रिपोर्टपछि सोमबार कच्चा तेलको मूल्य ७० डलर प्रति ब्यारल पार पुगेको छ जबकी अमेरिकी कच्चा तेलको मूल्य पछिल्लो दुई हप्तामा सबैभन्दा महँगो भएको छ ।
कोरोना महामारीको सुरुवातपछि पहिलो पटक कच्चा तेल मूल्यमा यत्तिको वृद्धि भएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुवाती एशियाली व्यापारका बेला मेका लागि कच्चा तेलको मूल्य ७१.३८ डलर प्रति ब्यारल पुगेको छ जुन ८ जनवरी २०२० पछि सबैभन्दा धेरै हो ।
यमनको हूती विद्रोहीले साउदी अरबको तेल उद्योग केन्द्रमा आइतबार कथित रुपमा ड्रोन र मिसाइल हमला गरेको थियो ।
यसमा रास तनूराको महत्वपूर्ण साउदी आरामकोको तेलको खानीलाई पनि निशाना बनाएको बताइएको छ । साउदी अरबले यसलाई असफल हमला बताएको छ ।
विश्लेषकका अनुसार यस्तो प्रकारको लगातारको हमलापछि तेल बजारमा चाँडै नै मूल्यवृद्धि देख्न सकिन्छ ।
स्मरण रहोस् मार्च ४ को साउदी अरबको जेद्दाहमा हमलाको घटनापछि यो दोस्रो मामिला हो ।
ओपेक र उसका सहयोगी उत्पादनमा कटौतीको निर्णयपछि ब्रेन्ट र डब्ल्यूटीआई कच्चा तेलमा यो लगातारको चौथो मूल्यवृद्धि हो ।
यस्तै, चीनको कच्चा तेलको मागमा सन् २०२१ को सुरुवाती दुई महिनामा अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । चीन संसारको सबैभन्दा बढी तेल आयात गर्ने देश हो ।
चीनले आफ्नो रिफाइनिङ क्षमता बढाएको छ र उसको तेलको माग लगातार बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने