नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छः सुजाता कोइराला
पोर्चुगल । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेकी छन् । नेपाली नारी समाज पोर्चुगलले १११ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उनले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गरिन् । उनले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिइन् ।
नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्ने बताइन् । कार्यक्रममा नेपाली काँग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, अधिवक्ता विष्णु बस्याल र लैङ्गिक विशेषज्ञ डा.ज्योति तुलाधर, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तरराष्ट्रिय साहित्य समाज पोर्चुगलका अध्यक्ष विनोद धिमाल जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली नारी समाज पोर्चुगलका संस्थापक अध्यक्ष सीता बरालले महिला दिवसमा महिला हकअधिकारमा गोष्ठी मात्रै नभही नामको मात्रै नभई साच्चिकै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विचार राखेका थिए । समाजका कार्यवाहक अध्यक्ष मीना माया खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता श्रेष्ठले गरेकी थिइन् ।
यसैगरी एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा नेपाली महिला समाज पोर्चुगलले महिलाका लागि ‘कानूनी परामर्श’ विषयक एक दिने प्रशिक्षण तथा अन्तक्र्रिया आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ कानूनविद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल वर्तमान समयमा नेपाली महिलाले भोग्नुपरेको समस्या र कानूनी प्रावधानको अवस्था बारेमा जानकारी दिइन् ।
गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले नेपाली महिला राज्यले दिएका आरक्षणको मुख ताक्ने होइन आफ्नो ठाउँबाट आफ्नो सक्षमता प्रदर्शन गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाउनुपर्ने बताइन् । समाजका अध्यक्ष निर्मला खराल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एनआरएनए अध्यक्ष तिलक गैरे, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बू पत्रकार महासङ्घ पोर्चुगल सहसंयोजक राजकुमार थापा, जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा शेर्पा केदुङ पोर्चुगलका अध्यक्ष निल्हुम सेर्पा, किराँत चुम्लुङ याक्थुङ पोर्चुगलका अध्यक्ष दीपा लिम्बू र जन प्रगतिशील मोर्चा टङ्क खड्का कार्यक्रममा सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित