बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

सोमबार, २४ फागुन २०७७, १३ : १५
सोमबार, २४ फागुन २०७७

चितवन । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।
     
उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, “नेपाली काँग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा उनले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप